स्थानीय सरकार
May 19, 2020
बाँझो जग्गामा खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने
काठमाण्डौं । जेष्ठ ६ । फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
 
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएका हाँै ।”
 
आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको रु चार हजार, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र भाडामा लिएर धानखेती गर्नेलाई रु पाँच हजार अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई रु दुई हजार ५०० अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video