प्रमुख समाचार
May 19, 2020
त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह
काठमाडौँ, जेठ  ६ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन अनुरोध गर्नुभएको हो । सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video