गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
शिक्षा /स्वास्थ्य
May 21, 2020
विरोधपछि राप्ती प्रतिष्ठानमा सेवा पुनःसञ्चालन
घोराही, जेठ  ८ ।  दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा पुनः शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबारदेखि सेवा बन्दको विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो । प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा शुरु गरिएको विज्ञप्तिमा जनाएको छ । प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै यहाँका राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेका थिए । कोरोनाको मात्र उपचार शुरु गरिने भन्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले सेवा बन्दको घोषणा गर्नुभएको थियो । प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए । प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । हाल प्रतिष्ठानमा करीब ३० विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video