मध्यपुर अस्पताल पुनःसञ्चालनमा  |  मौसममा सुधार हुँदै जाने  |  सिडियोका सवारी चालकलाईनै कोरोना सङ्क्रमण, कार्यालयका सबै कर्मचारी सेल्फ क्वारेन्टाइनमा  |  गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
शिक्षा /स्वास्थ्य
May 21, 2020
धादिङमा स्वास्थ्यचौकी सिल
काठमाण्डौं । जेष्ठ ८ ।उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो । स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।
  
सङ्क्रमितका हजुरबुवा गुम्दी स्वास्थ्यचौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएका थिए । ५० दिन यता बसेपछि वैशाख २९ गते काठमाडौँ गएका थिए । काठमाडौँमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि कोभिड–१९ जाँच गर्दा बालकमा सङ्क्रमण पुष्टि भएको थियो । बालकसँगै रहेकी आमालाई भने कोभिड–१९ देखिएको छैन । 

सङ्क्रमित बालक, उनका हजुरबुवाको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ । सङ्क्रमित रहेको कोठा वरपरका मानिस, परिवार नजिकका नातेदारको लगत सङ्कलन कार्य भइरहेको र सोको नतिजाबमोजिम स्वाब सङ्कलन र अन्य काम गरिने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताउनुभयो । बिहीबार १७ जनाको स्वाब सङ्कलन गरिएको र उनीहरुको रिपोर्ट आएपछि मात्र यस क्षेत्रलाई नतिजाका आधारमा स्वास्थ्यचौकी सञ्चालन गरिने अधिकारीको भनाइ छ ।    


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video