प्रमुख समाचार
May 21, 2020
कालीनदी पुलमा लगाइएको छेकबार हटाइयो
काठमाण्डौं । जेष्ठ ८ ।कालीनदीको पुलमा लगाइएको छेकबार हटाइएपछि किसानलाई खेतबारीमा काम गर्न जानआउन सहज भएको छ । खेतबारीमा पानी लगाउन र  बाँदर लाग्ने खेतमा मकै कुर्नसमेत नपाएर हैरान भएका कृषक छेकबार हटेपछि खुशी भएका छन् । 
स्याङ्जा तथा तनहुँबाट पाल्पा आएर काम गर्ने कृषकलाई पुलमा लगाइएको छेकबारले हिउँदेधान गोड्न तथा मकै कुर्न आउन जान समस्या थियो । “बन्दाबन्दीले कालीनदीको पुल तरेर रामपुरमा रहेको खेतमा आउने अवस्था थिएन, अहिले केही भए पनि सहज भयो”, चापाकोट दामाचौरका टीकाराम परियारले भन्नुभयो ।  चापाकोट, दामाचौर र प्याक्लुकघाटको पुलमा कृषकका लागि बिहान ६ बजे आउन र बेलुका ६ बजे फर्कने व्यवस्था भएको हो । खेतमा आउँदा खानाको समेत व्यवस्था गरेरै कृषक खेतमा आउने गरेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका तथा पाल्पा रामपुर नगरपालिका प्रहरीसँग गुनासो राखिएको र सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि समस्या समाधान भएको कृषकले बताएका छन् । चापाकोट नगरपालिकाबाट रामपुरमा आएर कृषि काम गर्ने  करीब ३०  कृषक छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धेरै बहाना बनाएर मानिस ओहोरदोहोर गर्न नपाइने तर तोकिएको समयमा कृषकलाई खेतमा आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीमा पनि कृषकले खेतीपाती गर्न पाउने भएकाले स्थानीय तहसँगको समन्वयमा कृषि काम गर्न भनेको छ । प्रशासनका सूचना अधिकृत यज्ञेश्वर पन्थीले समस्यामा परे स्थानीय तहसँग समन्वय गर्न अनुरोध गर्नुभयो । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video