कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
शिक्षा /स्वास्थ्य
May 22, 2020
प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालयमानै सिल
कठमाण्डौं । जेष्ठ ९ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो ।  

थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए । शिवनाथ–४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहे पनि रिपोर्ट नेगेटिभ आएको छ ।  

भारतबाट आएका हुनाले ती युवकको यसअघि दुई पटक आरडिटी गरिएकामा नेगेटिभ आएको थियो तर पिसिआर गर्दा पोजेटिभ आएको हो । ती युवकलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिल
 
कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । “थुनुवा सम्पर्कमा रहेका प्रहरीको कोरोना परीक्षण गर्छौं”, उहाँले भन्नुभयो, “कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौँ ।”  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video