विचार/अन्तरवार्ता
May 23, 2020
कोरोनाले मानिसमा रोग भन्दा पनि बढि मनोबैज्ञानीक असर परेको छ :बिष्ट प्रमुख कार्यकारी अधिकृत बिष्ट
विश्व अहिले कोरोना भाईरसको आतंकबाट त्रसित भईरहेको छ । दिनानुदिन मृत्यु हुने र संक्रमितको संख्या सुन्दा यस्तो लाग्छ समयमै यसको रोकथाम गर्न सकिएन भने अब मानवजातीको अस्थित्व संकटमा पर्ने संकेत देखिएको भान हुन्छ । यहाँ मैले साथिहरुको माझ राख्न खोजेको कुरा चाइनाको हुहान प्रान्तबाट फैलिएको भन्ने यो भाईरसको संक्रमणपछिको लक्ष्यण सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, छाति खराब हुने, रुघा खोकी लाग्ने, स्वास प्रस्वासमा समस्या आउने आदि तथा १०४ डिग्रिसम्म ज्वरो आउने भनिएको छ । यो भाईरसको संक्रमणपछि सामान्य मौसम परिवर्तनमा ईम्यूनिटि पावर कमजोर भएका मानसिहरु अत्यघिक दौड, धुपबाट हुने विरामीहरुमा देखिने लक्षण भन्दा अर्को फरक लक्षण हुने बताइएको छैन । यस्ता बिरामीहरुले हिजो देखि प्रयोग गर्दै आइरहेका कफ सिरफ, रुघा खोकी ज्वरो आउदा खाने औषधी, एन्टि भायोटिक, निमोनियमा प्रयोग गर्ने औषधी, स्वास प्रस्वासमा समस्या हुँदा प्रयोग गरिने अक्सीजन माक्र्स देखि बाहेक अरु नयाँ कुनै औषधी या विधि प्रयोग गरी उपचार गरको पनि पाइएको छैन । जुन हिजो तपाई हामी यस्तो प्रकारको विरामी हुदा जे औषधी खाईन्थ्यो त्यहीनै हाल कोभिड १९ बाट संक्रमित भनिएका बिरामीहरुलाई प्रयोग गरिएको छ । हिजो पनि घरको कुनै सदस्यलाई रुघा, खोकी लाग्दा अर्को सदस्यमा सर्ने संभावना हुन्थ्यो र सरथ्यो पनि अनि उपचार गरे पछि निश्चित समय पछि त्यस्ता बिरामी निको हुन्थे । यस्तै र उहि प्रकृतिको यो रोग कोभिड १९ लाई लिएर आज किन विश्वमा यति ठुलो आतंक फैलिरहेको छ ? फलनो कोभिड १९ बाट संक्रमित भयो रे भन्याछ । उसलाई लाग्यो रे भनेको छ । अनि एम्बुलेन्समा हालेर दौडाको छ । सामाजिक दुरी कायम राख्ने नाममा मान्छेको अन्तिम संस्कारमा पनि मान्छे जान डराएका छन् । अहिले सबैतिर मानिसमा रोग भन्दा पनि बढि मनोबैज्ञानीक असर परेको छ । यो भाईरस लाग्ने बितिकै अब मरिन्छ भन्ने मनोबैज्ञानीक असर सबै मानिसमा परि सक्यो । रोगले भन्दा पनि मानसिको मनोवैज्ञानीक क्षमतामा रास आएको छ । मान्छे सिथिल भएको छ । मौसम अनुसार लाग्ने सामान्य रुघा खोकीमा पनि अब कोरोनाकै संकेत देखिन थालेको छ । रुघा खोकी लाग्नु, ज्वरो आउनु सामान्य कुरा हो तर अब जे भएपनि कोरोनासंग लगेर जोडिएको छ । यो सबै स्थीती देख्दा हजुरहरुलाई के लाग्छ ? के यो सबै विकसित राष्ट्रहरुले बिश्वमा आफु शक्तीसाली बन्न खेलेको कुनै खेल त हैन ? मलाई लागेको कुरा साथीहरु समक्ष राखेको छु । मनपरे कमेन्टेस सेयर र लाइक गरुनु होला । धन्यवाद 
बिष्ट काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाँउपालीकाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video