प्रमुख समाचार
May 23, 2020
उपत्यका प्रदेशअन्र्तगतका ११९ पत्रकारको कोभिड बीमा
काठमाडौँ, जेठ १० ।  कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति रु ६०० का दरले ११९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिनुभयो । उक्त बीमाअनुसार कुनै पत्रकार कोभिड–१९ बाट सङ्क्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्षसमेत रहनुभएका महासचिव झाले बीमा कार्यक्रम घोषणा गर्नुभएको थियो । यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी भइसकेको छ । यसका लागि नामावली सङ्कलन गर्न आह्वान गर्ने तयारी भइरहेको क्लबले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video