केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
स्थानीय सरकार
May 27, 2020
‘नगरपालिकाले चाप थाम्न सक्दैन’
दैलेख, १४ जेठ (रासस) :नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लूलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो  । 
उहाँले रासससित भन्भयो, “विभिन्न पालिकाबाट आएका व्यक्तिलाई नारायण क्याम्पसमै ल्याएर छोडिदिने अवस्था सिर्जना भएको छ । आफ्नै जिल्लाका नागरिक हुन भन्दै आफूले उच्च सतर्कताका साथमा बासस्थान, खानपानको व्यवस्थापन गर्दै आएको भए पनि सयौँको सङ्ख्यामा अन्य पालिकाका नागरिक आएपछि समस्या भयो ।” उच्च सम्मानका साथ व्यवस्थापन गर्दा गर्दै देखिएका सानातिना कमजोरी देखेर विरोध गर्नेको प्रवाह नगरेरै काम गरिरहेको नगरप्रमुख खड्काले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “नगरपालिकाको स्वास्थ्य टोली र जिल्ला स्वास्थ्य टोली उपचारका लागि क्वारेन्टिनमा पालैपालो काम गरेका छौँ । सुरक्षा अभाव हुँदाहुँदै पनि जनताको सुरक्षा प्रदान गर्ने काम भइरहेको छ ।” उहाँले सबैसँग हातेमालो गरेर कोरोना सङ्क्रमणबाट जनतालाई जोगाउनुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video