केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
May 30, 2020
सिटीइभिटी भवनमा १०० शय्याको आइसोलेसन कक्ष बन्दै
धनुषा,  जेठ १७ कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले आइसोलेसन निर्माणको कार्य शुरु गरिसकेको र आज रातिसम्म कोरोनाको सङ्क्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ सपहीमा रहेको सिटीइभिटीको भवन अत्याधुनिक तथा सुविधासम्पन्न छ । उक्त भवनमा १०० वटासम्मको आइसोलेसन श्यया निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video