प्रमुख समाचार
Jun 02, 2020
थप २८८ मा सङ्क्रमण
काठमाडौँ, जेठ  २० कोभिड –१९को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिनुभयो । आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video