प्रमुख समाचार
Jun 02, 2020
लकडाउन खुकुलो बनाउन व्यवसायीको माग
चिप्लेढुङ्गा, जेठ २० पोखराका व्यावसायीले बन्दाबन्दी खुकुलो बनाउँदै सबै प्रकारका व्यापार÷व्यवसाय खुलाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघले गण्डकीको मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायीलाई मर्का परेकाले सहज वातावरणको लागि आग्रह गरेको हो । ज्ञापनपत्रमा सुरक्षाको पूर्ण व्यवस्था गर्दै समय तालिका मिलाएर व्यापार÷व्यवसाय सञ्चालन गर्न दिनका लागि माग गरिएको छ । उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यवसायको प्रकृति हेरेर समय तालिकानुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उल्लेख गरिएको छ । परिस्थितिको विषमतालाई ध्यानमा राख्दै प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा परेका घरजग्गा कर र अन्य करमा छुटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह पनि गरिएको छ । ज्ञापनपत्रमा संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको उल्लेख गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको भने प्रशंसा गरिएको छ । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video