शिक्षा /स्वास्थ्य
Jun 04, 2020
‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल
काठमाण्डौं । जेष्ठ २२ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ । संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ । 
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपद् अवस्थाबारे छलफल गरिएको बताउनुभयो । “संक्रमित बढेपछि मन्त्रालयले विपद् अवस्थाका बारेमा छलफल गरेको छ ’’, उहाँले भन्नुभयो, “निर्णयमा प्रमाणीकरण गर्न बाँकी रहेको छ ।’’  
नेपालमा अहिलेसम्म दुई हजार ३०० संक्रमित देखिएका छन् । ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार संक्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ । उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video