धर्म/संस्कृति
Jun 05, 2020
मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ २३ गते शुक्रबार । तदनुसार जुन ५ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ती राउने वा नष्ट होला । समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। 

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनमा उत्साहका साथै बोली बिक्ने समयछ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। आज नयाँ अनुभव मिल्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्न सक्छ । श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। आज इच्छा र आकाङ्क्षा पूर्ण होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ ।परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ । 
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । घरायसी मनोरञ्जनमा सहभागीता भइएला । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
सानो प्रयत्नले ठूलो काम बन्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। आज शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यववसायमा विस्तारै सफलता मिल्नेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भनेसहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। प्रयत्न गर्दा परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। खर्च बढ्नेछ। अनावश्यक झमेलामा परिएला ।  समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटेको र ताकेकोकार्य पुरा होला । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। लगनशीलताले आँटेको काम बन्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारीसमेत प्राप्त गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामाजिक काममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतस् निहुरिनेछन्। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video