प्रमुख समाचार
Jun 05, 2020
कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ सङ्क्रमित
काठमाडौँ,  जेठ २३ कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उहाँका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video