तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Aug 01, 2017
अपाङ्गताको समस्या बिकराल !
भोजराज श्रेष्ठ । शिक्षा,स्वास्थ्य,रोजगार,सहायक सामाग्री,सहयोगी सेवा,भौतिक संरचना,दृष्टिगतजन्य अवरोध तथा मानव बिभेद जस्ता पर्खाल तोड्न सकिएको छैन । सामाजिक सुरक्षामा कमि रहेको र जहां अपाङ्गता त्यहां गरिबी ! यो क्षत्रमा लगानी नै नगण्य मात्रामा रहेको छ। अपाङ्गता भित्र पनि पुर्ण र अति अशक्त अपाङ्गताको अवस्था कस्तो होला ? यो समस्या घरपरिवार,नागरिक समाज वा राज्यको कस्को हो ? बुझ्न र बुझाउन कठिन अवस्था छ।सामान्य रोजगार गर्न सक्ने ब्यक्तिहरु परिश्रम गरेर जीवन निर्बाह गर्छु भन्दा अवसर पाइन्न,
अन्तराष्ट्रीय सन्धी महासन्धिमा पक्षराष्ट्र भै हस्ताक्षर गर्छ तर कार्यान्वयन हुंदैन,संबिधानमा के के ब्यवस्था छ? सर्बसाधारणलाइ जानकारी छैन।संघसस्थाहरुले UNCRPD,SDG, जस्ता बिषयमा जानकारी गराउन,गोष्टी गर्न गराउन सहयोग गर्न हिच्किचौंदनन भने यी कुरा सहित लिएर सरकार संग जांदा वास्ता गर्दैन । NGOs/INGOs को मुद्दा हो सरकारको होइन भन्छन,जस्को सिकार अपाङ्गता अधिकार ऐन २०७२ बन्न पुगेको छ।त्यस्तै नेपालको संविधान २०७२ मा कुन कुन धारामा अपाङ्गता भएका नागरिकहरुका लागि के के अधिकार छ ? कुन कुन निकायले कार्यान्वयन गर्न सक्छ ? यी यी दायित्व सरकार,स्थानिय निकाय,परिवारको भनेर किन छल्फल वा ट्रेनिङ्ग वा जानकारी नदियको ? संबिधानमा ब्यवस्था भएको अधिकारलाइ जनस्तर सम्म पुर्‍याउन सके करिब ६०% समस्या हल हुन सक्छ।यस्का लागि कार्यान्वयन गर्ने र लाभान्वित हुने सबै आफ्नो अधिकारको क्षत्रमा जानकार हुन जरुरी छ। आफ्नो देशको संविधान ऐन नियम,नियनन गर्ने निकायका बारे थाहा नहुने तर अन्तराष्ट्रीय दस्ताबेज बोकेर वकालत/ पैरबी गर्दा कसरी हाम्रो समस्या समाधान होला ? हो,म पनि यहि क्षत्रमा नेत्रीत्वदायी भुमिकामा रहेर कार्य गरेका ब्यक्ती हुं,हाम्रो कामको समीक्षा हुन जरुरी छ,आत्माआलोचना गर्नु जरुरी छ। परियोजना भए काम गर्ने नभए कानमा तेल हालेर बस्ने परिपाटीको बिकास हुँदै कतै मागिखाने भांडो हुन गएको त छैन ? गम्भीर कुरा यहिं छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video