प्रमुख समाचार
Jun 06, 2020
आगलागीबाट रु १८ लाख क्षति
काठमाण्डौं ।जेष्ठ २४ । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले जानकारी दिनुभयो । खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा गुरुङको घर जलेर नष्ट भएको छ ।
 
आगलागीले घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको अध्यक्ष शेर्पाले बताउनुभयो । शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा चुलोमाथि राखेको डोको झरेर आगो सल्केको पीडित गुरुङले बताउनुभयो । घरमा मान्छे नभएका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित गुरुङले बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video