केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
स्थानीय सरकार
Jun 07, 2020
गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै
काठमाण्डौं । जेष्ठ २५ । चितवनको इच्छाकामना  गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने गरेको छ ।

खोलिएको खातामा गाउँपालिकाले रु १० हजार जम्मा गरिदिने गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गर्भमै पहिचान गरी बालिकाको भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहन गर्न र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहित गर्न बालिका विकास कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयो । 
 
कार्यक्रम शुरु भएको दुई वर्ष हुन लागेको छ । यस अवधिमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका ४१ बालिकाको बालिका विकास बचत खाता खोलिएको छ । कार्यक्रमका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । पहिलो आर्थिक वर्षमा रु पाँच लाख छुट्ट्याएको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु सात लाख विनियोजन गरेको थियो ।
 
बालिका  विकास बचत  खाता कार्यक्रमसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले  बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video