विचार/अन्तरवार्ता
Aug 01, 2017
चन्द्रयात्रीहरुको अनौठो जिवनकथा
                                                          भिष्मराज फुलारा 
सन् १९६१ मा अमेरीकी राष्ट्रपती जोन अफ केनेडीले घोषणा गरे, ‘हामी आगामी दश वर्षभित्र चन्द्रमामा मानवलाई उतार्ने छौं ।’ त्यसबेला अमेरीकी अन्तरीक्ष यात्रीसँग अन्तरीक्षमा जम्मा २० मिनट बिताएको अनुभव मात्र थियो । सन १९६१ मा एलन शेपर्ड अन्तरीक्ष पुग्ने पहिलो अमेरीकी भएका थिए । त्यसैले नासाले आफनो सम्पुर्ण ध्यान चन्द्र मिसन अन्तर्गत ‘मिस्टर प्रेसीडेन्ट’को सपना साकार पार्न खर्च ग¥यो । त्यसका लागि ‘स्याटर्न भी’ नामक रकेट, अपोलो क्याप्सुल र चन्द्र मोडयुल तयार गरियो । 
२१ जुलाई १९६९ । त्यो ऐतिहासीक दिन बन्यो । अन्तरीक्षमा मानिस पुगेको आठ वर्षभित्रै निल आर्मस्ट्रंगले चन्द्रमालाई चुमे । एपोलो ११ को ल्याण्डर मोडयूल इगलबाट तल चन्द्र सतहमा पाईला टेकेपछि निल आर्मस्ट्रंगले भने, ‘मानिसको एउटा सानो कदम’ । उनीसँगै चन्द्रमामा गएका थिए, बज एल्ड्रीन । त्यसपछि अन्य अपोलो अभियानमा १० अमेरीकीले चन्द्रमामा पाईला टेके । यसरी आजसम्म एक दर्जन मानिसले चन्द्रमामा पाईला टेकीसकेका छन् । 
चन्द्रमामा अमेरीकाको कुल नौ अपोलो मिशन गयो । त्यसमा ६ वटा मिसन मात्र चन्द्र सतहमा पुग्न सफल रहे । कुल २४ अन्तरीक्ष यात्री त्यस अभियान सहाभगी भए । तिमध्ये तिन यात्री दुई पटकसम्म सहभागी भए । 
चन्द्रमामा पाईला टेक्ने १२ यात्रीले चन्द्रमामा यन्त्र र उपकरण गरी ११८ टन सामान छाडे । सायद त्यहाँ. हावा, पानी र जिवाणु नभएकाले ति सामान अहिले पनि जस्ताको तस्तै होलान । त्यसको बदला उनीहरुले चन्द्रमाबाट माटो, ढुंगा र पत्थरका रुपमा कुल ३४३ किलो सामान पृथ्वीमा ल्याए । चन्द्रमाका ति ‘चिज’माथि अहिले पनि अध्ययन जारी छ । त्यसकै आधारमा वैज्ञानिक के निश्कर्षमा पुगेका छन भने अर्बौ वर्ष पहिले कुनै एस्टोरोइड (बरालीएको पिण्ड) पृथ्वीसँग ठोक्कीयो, जसबाट अपार मात्रामा उत्पन्न धुलो, चट्टानका टुक्राहरुको बादल अन्तरीक्षमा पुग्यो र त्यो एकठाउँमा थेग्रीएर चन्द्रमा बन्यो । 
सन १९६९ को जुलाई देखी १९६९ देखी डिसेम्बर सन १९७२ को डिसेम्बरसम्म पटक पटक चालिएको चन्द्र मिसनमा सहभागी यात्रुको त्यसपछिको कथा कम रोचक छैन । चन्द्रमामा सबैभन्दा पहिलो पाईला राख्ने निल आर्मस्ट्रंगकै जिवन निकै रहष्यमय रहयो । चन्द्रमामा पाईला टेके पनि समाजमा उनको नायक छवी रहेन । उनी सार्वजनिक मंचमा कतै देखिएनन । अन्र्तवार्ता पनि खासै दिएनन । कहाँसम्म भने उनले अटोग्राफसमेत कसैलाई दिएनन् ।  सन १९७१ मा सेवा निवृत्त नभएसम्म नासामै कार्यरत रहेका निलको उनको हालै निधन भयो । 
निल आर्मस्ट्रंगसँगै एपोलो–११ मिसनमार्फत चन्द्रमामा पुग्ने दोश्रो यात्री हुन, बज एल्ड्रीन । चन्द्रमाबाट फर्केपछि बजका दिनहरु संटकपुर्ण रहे । चन्द्रमा पुगेर पनि पहिलो नभई दोश्रो मानिस हुनुपरेकोमा उनी खिन्न रहे । लगत्तै उनी मदिरामा डुब्न थाले । अवासदमा घेरीए । उनले सेनाको नोकरी पनि छाडे । कहाँसम्म भने उनका दुई पत्नीले पनि छाडे । तेश्रो विवाहपछि अर्थात सन १९८८ पछि भने उनी सुध्रीए । उनी लेखक बने ।
त्यसपछि चाल्र्स पीट कोनरेडले १९ नोभेम्बर १९६९ मा चन्द्रमामा पाईला टेके । चन्द्रमा चुमेपछि सन १९७४ मा नासा छाडेर उनी निजी क्षेत्रमा काम थाले । उनले म्याकडोनेल –डगलसको व्यवसायीक अन्तरीक्ष यात्रा परियोजनामा योगदान दिए । बिडम्बना, अपोलो १२ अभियानका यी कमाण्डरको मृत्यु भयो, सन १९९९ मा मोटर साईकल दुर्घटनाबाट । 
एलन बीन, अपोलो १२ का यात्री हुन । उनी अपोलो अभियानको सफलतापछि १२ वर्षसम्म नासामै सम्बध्द रहे । सन १९८१ मा सेवानिवृत्तीपछि उनले चित्रकारी पेशा अपनाए । उनका चित्र मुख्य रुपमा चन्द्रमा र अन्य अन्तरीक्ष विषयमाथि केन्द्रीत छन । 
एलन शेपर्डले ५ फरवरी १९७१ मा अपोलो–१४ अभियान अन्तर्गत चन्द्रमामा पाईला टेके । उनी अन्तरीक्षमा पुग्ने पनि पहिलो अन्तरीक्ष यात्री हुन । उनले सन १९६१ मा अन्तरीक्षमा पाईला टेकेका थिए । त्यसको दशवर्षपछि चन्द्रमामा पाईला टेक्ने अवसर पाएका शेपर्ड सैनिक सेवाबाट आएका हुन । उनी यान कप्तान हुन । चन्द्रमामा पाईला राखेपछि उनले आफनो भावनालाई रोक्न सकेनन । खुबै रोएका थिए । चन्द्र यात्रापछि उनको व्यक्तीत्व एकदम बदलीयो । उनी शान्त प्रकृतीको मानिस भए । नासाबाट सन १९७४ मा सेवा निवृत्त भएपछि उनी निजी क्षेत्रमा कार्यरत रहे । सन १९९८ मा ल्यूकीमिया रोगबाट उनको निधन भयो । 
एपोलो १४ मै सहभागी थिए, एडगर मिशेल । चन्द्रयात्रापछि उनले नासाबाट राजीनामा दिए । उनले सन १९७३ मा इन्सटीच्युट अफ नियोटिक साईनसेस’ नामक संस्थाको स्थापना गरे । त्यहाँ आध्यात्मीक उर्जा, वैकल्पीक चिकित्सा र परामानसीक क्षमताजस्ता विषयमा अनुसन्धान हुन्छ । मिशेलका अनुसार अन्य ग्रहका प्राणी धेरै समयदेखी पृथ्वीमा आईरहेका छन, अमेरीकी सरकारले त्यसको खोजी गर्नुपर्छ । उनको यस धारणाले ‘एलीयन’को अवधारणालाई थप बल दियो । 
सन १९७१ कै ३० जुलाईमा अपोलो–१५ मार्फत डेविड स्कटले चन्द्रमामा पाईला टेके । तर, हुलाक टिकट घोटालामा सहभागी भएको आरोपमा अमेरीकी सरकारले उनलाई चन्द्र मिशनमा फेरी सहभागी गराएन । विशेष अवसरमा जारी गरिएको ३ सय ९८ वटा हुलाक टिकट आफुसँगै लगेको आरोप लाग्यो । एउटा जर्मन व्यवसायीले महंगो मुल्यमा त्यो टिकट किन्ने वचन दिएका थिए । सन १९७५ मा नासाबाट अलग भएपपछि उनी सार्वजनिक मंचबाटै गायब भए । 
अपोलो–१५ अभियानमै सहभागी भएर चन्द्रमा पाईला टेक्ने अर्का यात्री हुन, जेम्स इरवीन । चन्द्रमाबाट फर्कीएपछि उनले भनेका थिए, ‘मेरो त इश्वरसँग साक्षात्कार भयो ।’ त्यसपछि उनले नासा छाडीदीए । उनी त धर्मको शरणमा पो आए । ‘हाई फलाईट फाउण्डेशन’ नामक संस्था खोलेर इशाई धर्मको प्रचारमा लागे । कहाँसम्म भने उनी ‘नोहाज आर्क’ अर्थात इश्वरीय डुंगाको खोजी गर्न टर्कीसमेत गए । त्यो डुंगाको अवशेष खोज्दै समय बिताए । मिथक अनुसार त्यो डुंगा महाप्रलयका क्रममा एक मात्र सतचरीत्र व्यक्ती नोह र उनका परिवार तथा प्रमुख जिवित प्रजातीलाई बचाउन बनेको थियो । उनले डुंगाको अपवशेष भने फेला पारेनन । सन १९९१ मा उनको निधन भयो । 
अपोलो –१६ मिशनमा सहभागी भएर चन्द्रमामा पाईला टेकेका जोन डब्लु योंग त्यस्तो यात्री हुन जसले ६ पटकसम्म अन्तरीक्ष यात्रा गरे । यो रेकर्ड अहिले पनि उनकै नाममा छ । चन्द्रयात्रापछि ३२ वर्षसम्म उनी नासामै आवध्द रहे । सन २००४ मा ७४ वर्षको उमेरमा उनले सेवा निवृत्त भए । उनी अन्यन्त प्रतिभावान थिए । उनले नासाको ५० वर्षभन्दा बढीको इतिहासमा करीव सबै प्रमुख परियोजनामा काम गरे । 
सन १९७२ को २१ अप्रीलमा अपोलो–१६ मिसन चन्द्रमामा पुग्यो । त्यसमार्फत चन्द्रमामा पाइला टेकेकेका चाल्र्स डयूक कहाँसम्म भावुक भए भने उनले झण्डै आफनो हेलमेट झिकेर चन्द्रमालाई खुला आँखैले हेर्न खोजेका थिए । तर बल्ल बल्ल मन थामेर उनले हेलमेट खोलेनन । चन्द्र यात्रापछि उनको मन निकै निराश भयो । उनले नासा छाडेर पैसा कमाउने सोच बनाए । बियरको धन्धा गरेर पैसा पनि कमाए । तर निराशाका कारण उनी बियरकै नशामा डुब्न थाले । उनकी पत्नीलाई के शंका भयो भने यो पक्कै पनि चन्द्रमाकै कुदृष्टी हो । पत्नीले चन्द्र यात्रापछि डयूक रिसाहा भएको र परिवारबाट टाढा रहेको सार्वजनिक गुनासो गरीन । तर पछी पती पत्नी दुबै धर्मको शरणमा गए र उनीहरुको मन शान्त भयो । 
युजिन करनान अर्थात अपोलो–१७ का यात्री । सन १९७२ को ११ डिसेम्बरमा उनी चन्द्रमामा उत्रने एघारौं र चन्द्र सतहमा हिंडने अन्तीम यात्री हुन । किनकी बाह«ौं चन्द्रं यात्री हयारीसन ज्याक स्मीथ चन्द्रमा पाईला टेक्नासाथ पुनः अपोलो चन्द्र मोडयुलमै फर्कीएका थिए । कर्नान नासा छाडेर सन १९७५ मा निजी काममा फर्कीए । उनी चन्द्रमामा मात्र हैन, मंगल ग्रहमा पनि मानिस पठाउनुपर्ने पक्षमा शक्रिय रहे । 
हयारीसन ज्याक स्मीथ चाँही चन्द्रमाका अन्तीम यात्री हुन । अपालो–१७ अभियानमा सहभागी हयारीसन सन १९७५ मा नासा छाडेर राजनीतिमा होमीए । उनी सन १९७७ मा अमेरीकाको सिनेटमा समेत चुनीए । अर्को कार्यकालका लागी पनि उनी सिनेटमा चृुनीएका थिए, तर उनले राजनीतिबाट बिदा लिए । अहिले उनका दिनहरु हिलियम–३ को खोजमा बितिरहेको छ । चन्द्रमामा धेरै मात्रामा हिलीयम –३ छ, जुन भविश्यमा धर्तीको लागी उर्जा श्रोत बन्न सक्छ । 
अपोलोबाहेकका मानवलाई अन्तरीक्षमा पठाउन प्रयोग गरिएका अन्तरीक्ष शटल भने मृत्युको कारण पनि बने । एउटा शटल दुर्घटनाग्रस्त हुँदा ारतीय मुलकी कल्पना चावलासहित १४ अन्तरीक्ष यात्री मृत्युको मुखमा पुगे । तैपनी थामीएको छैन, मानिसको चन्द्रमा चुम्ने चाहना । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेको केही वर्षपछि मानव चन्द्रमा त पुग्यो, तर हामी नेपालीले कहिले चुम्ने होला चन्द्रमा ? जे होस, अहिले युरोप, जापान, चीन र भारत भने चन्द्रमामा मानव पठाउने अभियानमा जोडतोडका साथ जुटीरहेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video