धर्म/संस्कृति
Jun 09, 2020
मिति २०७७ साल जेष्ठ २७ गते मंगलबार, जुन ९ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल जेष्ठ २७ गते मंगलबार । तदनुसार जुन ९ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ ज्ञानले अध्ययन अध्यापनमा उत्साह जगाउनेछ। नयाँ अवसरका साथै स्रोत–साधन समेत जुट्नाले दिन उत्साहजनक रहनेछ । समय प्रतिकुल भई सोचे अनुसारको उपलव्धीभने नहुन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।  

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक धन लाभ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको कामले दिगो फाइदा हुनेछ। सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ । मित्रजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ।महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक भने नगर्नुहोला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्य प्राप्ति हुनेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले कार्यक्षेत्रमा हौसला जगाउनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।   

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक र सांस्कृतिक र परोपकारमा मन जानेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामतर्फ अग्रसर भइनेछ। स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।श्रमको उचित मूल्यांकन हुनेछ। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनतीहरूलाई कार्य्सिद्धिको समय छ। आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ ।सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ।साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। काम देखाएर फाइदा लिने समय छ। आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ ।परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video