केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
Jun 13, 2020
शिक्षक सक्रिय भए वैकल्पिक सिकाइ प्रभावकारी हुने
काठमाण्डौं । जेष्ठ ३१ । शिक्षक सक्रिय भएका विद्यालय खुल्न नसकेको अवस्थामा पनि अनलाइन र दूरशिक्षाका माध्यमबाट प्रभावकारीरुपमा सिकाइ निरन्तरता हुने आँैल्याइएको छ ।

लू निभाः बाल सरोकार समूहको आयोजनामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि शिक्षक परामर्श’ विषयक आज आयोजित अनलाइन छलफलमा विज्ञ तथा शिक्षाकर्मीले कोभिड–१९ को विषमस्थितिमा शिक्षकको भूमिका महत्वपूर्ण बताएका हुन् ।

  छलफलमा शिक्षाविद् डा विद्यानाथ कोइरालाले महामारीले चुनौती र अवसर सिर्जजा गरेको जनाउँदै शिक्षकले सरकार वा माथिको आदेश पर्खनुभन्दा स्थानीय सूचना प्रविधि र स्रोत सामग्रीको उपयोग गरी वैकल्पिक शिक्षण गर्नसक्ने बताउनुभयो । 

  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी दिव्या दवाडीले सरकारले हालै ल्याएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ ले सूचना प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीको समूह वर्गीकरण गरी उनीहरुको अनुकूलताअनुसार सिकाइ निरन्तरता दिन शिक्षकले काम गर्नुपर्ने बताउनुभयो ।

संवादमा ललितपुरको महानगरपालिका र गोदावरी नगरपालिका, डडेल्धुराको अजगमेरु र गनन्याधुरा गाउँपालिका तथा दक्षिण ललितपुरका महाँकाल र वाग्मती गाउँपालिकाका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता थियो । 
   
लू निभाः का कार्यकारी निर्देशक  नरेन्द्र डङ्गोलले वैकल्पिक सिकाइको निरन्तरताका लागि सहजीकरण गरिएको जनाउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video