धर्म/संस्कृति
Jun 16, 2020
मिति २०७७ साल असार २ गते मंगलबार, जुन १६ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल असार २ गते मंगलबार । तदनुसार जुन १६ तारीख । नेपाल संवत ११४० बछलाथ्व ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रचनात्मक कामले फाइदा दिलाउनेछ। पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।आज स्वादाइष्ट भोजनको अवसर प्राप्त हुने योग छ ।पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम विगार्नेको सक्रिय रहनसक्छन् र नियमित खर्चसमेत बढ्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । चिताएका काममा अलि बाधा हुनसक्छ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रम परे पनि समय फलदायी रहनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विदेशमा रहेका आफन्त संग कुराकानी हुनेछ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दोहोर्याएर प्रयत्न गर्दा पनि आँटेको काम नबन्न सक्छ। आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
परोपकारी कामले नाम र प्रतिष्ठा दिलाउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुख दिनेछन्।अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। लाभदायी छलफल हुनेछ ।समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। शिक्षापनि राम्रै हुनेछ ।  प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video