गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Aug 03, 2017
छुट भएका नुवाकोटका भूकम्प पीडितहरुको घर साउन २५ देखि पुनःसर्वेक्षण हुंदै, पुनर्निमाण प्राधिकरण नुवाकोटले ग¥यो यस्तो कडा निर्णय
काठमाडौं । साउन १९ । भूकम्पको कारण आवास गुमाएको तर, लाभग्राही सूचीमा नपरेकाहरु नुवाकोटका भूकम्प पीडितहरुको पुनःसर्वेक्षण तथा पुर्नजाँच गर्न लागिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले २०७२ बैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका परकम्पको कारण आवास क्षति बेहोरेको तर, ईञ्जिनियरले संकलन गरेको लगतको आधारमा सार्वजनिक भएको लाभग्राही सूचीमा नाम समावेश नभएकाहरुको गुनासो सम्बोधनको लागी पुर्न प्राविधिकहरु परिचालन गरी पुर्नसर्वेक्षण र पुर्नजाँच गर्न लागिएको छ । पुर्नसर्वेक्षण र पुर्नजाँचको लागी वडा अध्यक्ष संयोजक रहने वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा लगत लिइने भएकाले बास्तविक रहेका सबै पीडितहरु समावेश गराएर सहयोग पु¥याउन पुर्ननिर्माण प्राधिकरणको नुवाकोट कार्यालयले हिजो नुवाकोटमा रहेका स्थानीयतहका प्रतिनिधिहरुसंग छलफल गरी लगत संकलन गर्न इञ्जिनियर परिचालन गर्न लागेको जानकारी गराएको छ । 
भूकम्पको कारण आवास गुमाएको तर, आवास निर्माणको लागी तीन लाख रुपैयाँ नगद सहयोग पाउने लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै दर्ता गराएको छुट गुनासो देखि गुनासो नै गर्न नआएका छुट पीडितहरुको लगत संकलनको लागी यही साउन २५ गतेदेखि प्रत्येक स्थानीयतहमा लगतको पुर्नजाँच तथा पुर्नसर्वेक्षण गर्न लागेको पुर्ननिर्माण प्राधिरकण जिल्ला समन्वय समिति नुवाकोटका निमित्त प्रमुख बेदप्रसाद गौडेलले जानकारी दिनुभएको छ । 
यसअघि पुर्ननिर्माण प्राधिकरणले संकलन गरेको लगतको आधारमा सार्वजनिक भएको लाभग्राही सूची प्रति असन्तुष्टि जनाएका सबैको पुनः लगत संकलन गर्न नुवाकोटको लागी १६ जना इञ्जिनियरहरु जिल्लामा आउन लागेकाले उनीहरुलाई जिल्ला समन्वय समितिको मातहतमा रहेका सामाजिक परिचालकको सहयोगमा परिचालन गर्न लागेको पुर्ननिर्माण प्र्राधिकरण नुवाकोटका निमित्त प्रमुख गौडेलले बताउनुभएको छ । 
भूकम्पको कारण आवास गुमाएका तर, आवास निर्माण अनुदान सूचीमा समावेश नभएकाहरुको पुर्नजाँच र यसअघि लगत नै नलिएकाहरुको समेत पुर्नसर्वेक्षणको लागी “पुर्ननिर्माण सम्बन्धि गुनासो व्यवस्थापन कार्यविधि २०७४” अनुसार लगत संकलन सुरु गर्न लागिएको हुनाले एक महिनासम्म सबैलाई समावेश गर्ने लक्ष्य राखिएको छ । स्थानीयतह अन्तरगत वडा अध्यक्ष संयोजक हुने र सदस्यमा आवास निर्माणमा सहयोग पु¥याउन परिचालन भएको इञ्जिनियर र सदस्य सचिवमा वडासचिव रहेर लगत संकलनको क्रममा सबै धरधुरीलाई समावेश गरी अन्तिम पटकलाई घरघरमा नै टोली परिचालन गर्न लागिएको छ । 
भूकम्पको कारण आवास गुमाएका सबै घरधुरीको लगत संकलन गर्न लागिएकाले अभियानको रुपमा परिचालन हुन लागेका ईञ्जियिनरलाई  असन्तुष्टि जनाउदै आउका सबै घरको पुर्नजाँच तथा पुर्न परीक्षण गर्न तथा गराउन पुर्ननिर्माण प्र्राधिकरण नुवाकोटले स्थानीयतहका निर्वाचित प्रतिनिधिलाई आग्रह गरेको छ । 
नुवाकोटमा भूकम्पको कारण आवास क्षति भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भनी गुनासो दर्ता गराउका ११ हजार ३ सय ७४ घरधुरीमा त्यसको एक तिहाइको मात्र लाभग्राही सूचीमा सूचिकृत भएकाले बाँकी असन्तुष्टी रहेका छन् । 
गुनासो दर्ता गराएका मध्ये ३ हजार ५ सय ११ घरधुरी मात्र लाभग्र्राही सूचीमा सूचिकृत भएकाले बाँकी सबै असन्तुष्टी रहेकाले उनीहरुकाो माग सम्बोधन गर्न पुर्नसर्वेक्षण तथा पुर्नजाँच गर्न लागिएको प्राधिरकणको नुवाकोट कार्यालयले जनाएको छ ।
पुर्ननिर्माण प्राधिरकणले यसअघिको गुनासो सम्बोधनबाट लाभग्राही सूचीमा समावेश गर्न योग्य भएका ३ हजार ५ सय ११ घरधुरीको पनि आवास निर्माणको लागी अनुदान सम्झौता गर्न केन्द्रीय पुर्ननिर्माण प्राधिकरणबाट स्वीकृत माग गरेको छ । हिजो बसेको स्थानीयतहका निर्वाचित प्रतिनिधि सम्मिलित बैठकबाट सम्झौताको अधिकार प्राप्त गर्न पत्राचार गर्न लागेकाले छिट्टै सुरु हुने पुर्ननिर्माण प्र्राधिकरण नुवाकोटका निमित्त प्रमुख गौडेलले बताउनुभएको छ 
बैठकमा सहभागी नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, १२ वटै स्थानीयतहका प्रमुख, उप्रप्रमुख, वडा अध्यक्ष तथा कार्यकारी अधिकृतहरुले सामूहिक जमानी र धितो जमानीमा दिने भनेको ऋण प्रवाह अझै सुरु नभएकाले त्यसलाई कार्यान्वयनमा ल्याउन पुर्ननिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । 
यस्तै, भूकम्प प्रभावितले निर्माण गरेका आवास भूकम्प प्रतिरोधी मापदण्डमा समावेश नभएकालाई समावेश गर्न अपनाउनुपर्ने प्रक्रिया, पहिरोको जोखिम क्षेत्रका बस्तीको पहिचान र उनीहरुको स्थान्तरण, विस्थापितहरुको पुर्नस्थापना, सुकुम्वासी तथा भूमीहिनलाई जग्गा उपलब्ध सम्बन्धि दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रियाको बारेमा पनि काम सुरु गर्न पुर्ननिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video