शिक्षा /स्वास्थ्य
Jun 19, 2020
आकस्मिक बाहेक सबै सेवा बन्द
पर्वत, असार ५ पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ । कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video