स्थानीय सरकार
Jun 20, 2020
कोरोना संक्रमीत बढेसंगै जिल्ला सदरमुकाम अनिश्चितकालीन सिल
काठमाण्डौं । असार ७ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।” सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video