कृषि/प्रविधि
Jun 20, 2020
विरुवा उत्पादन गर्न रु २६ करोड सहयोग
तनहुँ, असार  ६ जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई रु.२६ करोड आर्थिक सहयोग गरेको छ । करिव ४१७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले डुवानमा पार्ने र एक लाख ८१ हजार विरुवा कटान गर्नुपर्ने जनाइएको छ । हुँदा त्यस बापतको क्षतिपूर्ति स्वरुप उक्त रकम सहयोग गरेको हो । छुट्टै वृक्षरोपण गर्न साथै २५ गुणाले विरुवा उत्पादन गर्ने उद्देश्यले परियोजनाले सो आर्थिक सहयोग गरेको हो । तीन हजार दुई सय चौवन्न हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने विरुवा उत्पादन गर्न परियोजनाले आर्थिक सहयोग गरेको कार्यालका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । परियोजनाले सहयोग गरेको सो रकम मध्ये हाल रु.दुई करोड बराबर खर्च भएको छ । उहाँले भन्नुभयो,“यसबर्ष परियोजनाको नौ लाख र गण्डकी प्रदेश सरकारको रु.एक लाख गरी रु. दश लाखको लागतमा विरुवा उत्पादन गरिएको हो ।” सो रकमले सात वर्षको अवधिसम्म जिल्लामा करिव ५४ लाख विरुवा उत्पादन गर्ने योजना रहेको छ । हेर्दा वनजस्तो देखिने तर आयआर्जन नदिने क्षेत्रमा फडानी गरेर बृक्षरोपण गर्नका लागि दुई पक्षीय सहमति भएको जनाइएको छ । तेजपात पकेट क्षेत्र तेजपात खेतीलाई जिल्लामा पकेट क्षेत्रका रुपमा विकसित गरिने भएको छ । गत वर्ष जिल्लामा जडीवुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब ३० हेक्टर सरकारी जग्गामा तेजपातका विरुवा लगाइएको डिभिजन वन कार्यालयले जनाएको छ । कृषकलाई तेजपातको विरुवा वितरण गरि पकेट क्षेत्र वनाउँन लागिएको हो । सो कार्यालयले गतवर्ष रु.२० लाख सहयोग गरी जिल्लाको शुक्लागण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेशिन खरिद गरी ल्याएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिनुभयो । तेजपातलाई प्रशोधन गरी त्यसबाट तेल निकाल्ने परीक्षण उत्पादन सम्पन्न भएको र अब व्यपारी उत्पादनको लागि तयारी भइरहेको उहाँले बताउनुभयो । यसको तेलबाट टुथपेष्ट र मसाज तेललगायतका औषधिजन्य वस्तु उत्पादन गर्न सकिने जनाइएको छ । म्याग्दे गाउँपालिकामा एक लाख, शुक्लागण्डकी नगरपालिकामा एक लाख विरुवा उत्पादन गरी लगाउने कार्य भइरहेको छ । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा एनजिओ नेटवर्कले डिभिजन वन कार्यालयमार्फत विरुवा लगेर सामुदायिक वनमा रोपाएको छ । एक÷दुई वर्षपछि बन्दिपुर गाउँपालिकासमेतमा प्रशोधन मेशिन आवश्यक पर्ने देखिएको उहाँले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले शुक्रबारसम्म करिब डेढ लाख विरुवा वितरण गरेको छ । निबुवा, कागती, आप, लिची गरी २६ हजार फलफूल र अन्य चाप, बडहर, बकाइनो, अशोकालगायतका गरी डेढ लाख विरुवा वितरण गरेको हो । यसवर्ष दश लाख विरुवा उत्पादन गरेसँगै तयारी अवस्थामा रहेका विरुवा बितरण कार्य थालिएको कार्यालयले जनाएको छ । जिल्लाभित्र रहेका झाडी वनलाई हटाएर उत्पादनशील वन वनाउने उद्देश्यले विरुवा उत्पादन गरेको हो । उहाँले भन्नुभयो “पशुपालन तथा मौरी पालन पेशालाई आयआर्जनमा सहज वनाउन र बाँझो जग्गा नराख्ने अभियान अन्र्तगत विरुवा बितरण गर्ने गरिएको हो ।” कार्यालयले परिसरको नर्सरीमा दुई लाख २५ हजार विरुवा उत्पादन गरेको छ भने जिल्लामा रहेका आठ सब डिभिजनले आआफ्नो क्षमता अनुरुप विरुवा उत्पादन गरेको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिनुभयो । कार्यालयले छ लाख विरुवा उत्पादन गरेको भएपनि यसवर्ष करिब चार लाख बढी विरुवा उत्पादन गरेको जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video