राजनीति
Jun 24, 2020
नेकपा स्थायी कमिटी बैठक शुरु
 काठमाडौँ, असार १० सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ । नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ । एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video