स्थानीय सरकार
Jun 25, 2020
शिवपुरी गाँउपालीकाद्धारा झण्डै ५० करोडको बजेट प्रस्तुत, कृषि, भेटेनरी र पशुपालनमा मात्र १ करोड २० लाख, यस्तो छ बजेट
रबिन थपलिया । काठमाण्डौं । असार ११ । नुवाकोटको शिवपुरी गाँउपालीकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ४९ करोड २६ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । 
बुधबार शिवपुरी गाँउपालीकाको छैठौं गाँउसभामा उपप्रमुख मञ्जु केसीले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । 
बजेटमा गाँउपालीकामा कृषि र पशुपालन क्षेत्रमा उत्पादनबृद्धि, रोजगारका अवसरको सिर्जना, शैक्षिक गुणस्तरमा सुधार, स्वास्थ्य सेवाको स्तरोन्नती तथा पुर्वाधार विकासलाई जोड दिइएको छ ।
गाँउपालीकाले कृषी तथा पशुपालन क्षेत्रमा रोजगारी र उत्पादनको बृद्धिका लागि १ करोड २० लाख रुपयाँ बजेट बिनियोजन गरेको छ । जस अनुसार कृषि र भेटेनरीका लागि ८० लाख र 
प्राविधिक शिक्षालय कक्षाकोठा र बाख्रा फर्म निर्माणको लागि ४० लाख रुपयाँ बिनियोजन गरेको छ ।  
उपाध्यक्ष केसीले प्रस्तुत गरेको बजेट कार्यक्रम अनुसार चालु आर्थिक बर्षको दायित्व ३ करोड १२ लाख, प्रशासनिक खर्च ३ करोड ८६ लाख ७८ हजार, वडा प्रशासनीक खर्च ४१ लाख ९२ हजार, कोल्ड स्टोर समपुरक ८० लाख, राजश्व बाँडफाँड कमी प्राप्त हुंदा बजेट सन्तुलनको लागि ५० लाख, शिक्षामा ४० लाख, वडा भबन निर्माण १ करोड, स्वास्थ्यमा ४० लाख, शिवपुरी गोल्डकप लगायत खेलकुंदको लागि ४० लाख, गाँउपालीका भबन र्फनिचर र सभाहल व्यवस्थापनका लागि २० लाख, वडा कार्यालयहरु ६ र ८ मा फिर्निसिङको लागि ५ लाख,बिपद व्यवस्थापनका लागि सामुदायीक भबन निर्माणका लागि ४० लाख, गाँउपालीकाको स्वागतद्धार निर्माणका लागि १० लाख, मेशिन औजार ५ लाख, गाडेनिङ ५ लाख, सूचना प्रविधि विकास १० लाख बिनियोजन गरिएको छ ।

त्यस्तै पर्यटनमा ५ लाख, लक्षीत बर्गका लागि १५ लाख, बिपदका लागि १० लाख, बन वातावरण बिपद योजना ५ लाख, खानेपानी पाईप १० लाख, सिंचाई पाइप ५ लाख, तारजाली ५ लाख, मठमन्दीर र गुम्बाका लागि २० लाख,सार्वजनीक शौचालयका लागि १५ लाख रकम बिनियोजन गरिएको छ । 
त्यस्तै एकल महिलाहरुको लागि सरकारले भत्ताको व्यवस्था गरेपनि शिवपुरी गाँउपालीकाले एकल पुरुषहरुको लागि पनि भत्ता दिने व्यवस्था गरेको छ । जस अनुसार आगामी आर्थिक बर्ष देखि एकल पुरुष भत्ताको लागि भत्ता दिनको १५ लाख रकम बिनियोजन गरेको छ । 
वडा कार्यालयहरुलाई प्रशासनीक खर्चको अपुग हुंदामा समस्या भइरहेको गुनासो आएसंगै गाँउपालीकाले यसपटकको बजेटमा आगामी आर्थिक बर्ष देखि हरेक वडामा ५ लाख २३ हजार १ सयको दरले प्रशासनीक खर्च दिने गरी कुल ४१ लाख ८४ हजार ८ सय प्रशासनिक खर्चको बिनियोजन गरेको छ । 
 

गाँउपालीकामा एमबिविएस डक्टर सहितको सुविधा उपलव्ध हुने

शिवपुरी गाँउपालीकाले गाँउपालीकाको केन्द्रमा ल्याब, एक्स्रे सुविधा सहित एमविविएस डक्टर सहितको विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउन १५ लाख रकम बिनियोजन गरेको छ । स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने बिरामीहरुलाई काठमाण्डौं वा त्रिशुली जानुपर्ने बाध्यताको अन्त्यको लागि गाँउपालीकाले आफनै केन्द्रमा उक्त सुविधा दिनको लागि रकम बिनियोजन गरेको छ । उपाध्यक्षसंग मातृशिशु पोषण कार्यक्रमको लागि ५ लाख रुपयाँ बजेट बिनियोजन गरेको छ । त्यस्तै गाँउपालीकाले गाँउपालीकाको स्वास्थ्य शाखा अन्तर्गत रहने गरी एम्बुलेन्स खरीदको लागि १५ लाख रकम बिनीयोजन गरेको छ । 
 
तामाङ र गुरुङ समुदायलाई प्राथमीकता
शिवपुरी गाँउपालीका भित्र तामाङ र गुरुङ समुदायको बाहुल्यता रहेकाले ति समुदायको हितका निम्ती गाँउपालीकाले बिशेष प्राथमीकता दिएको छ । गाँउपालीका भित्र बसोबास गर्ने तामाङ र गुरुङ समुदायको मरनघाटमा चिता तथा पार्टी निर्माणको लागि ३५ लाख रुपयाँ रकम बिनियोजन गरेको छ । त्यस्तै गाँउपालीकाले मठमन्दीर र गुम्बाका लागि २० लाख रुपयाँ बिनियोजन गरेको छ ।

त्यस्तै योजना सञ्चालन व्यवस्थापनको लागि भौतिक पुर्वाधारका योजनामा ३ प्रतिशत कन्टिन्जेन्सी काटन् प्रस्ताव गरिएको छ भने चालु आबमा भएको व्यवस्थापन बमोजिम नै उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाको हकमा कम्तीमा ५ प्रतिशत लागत सहभागिताको व्यवस्थाको लागि प्रस्ताव गरिएको छ । 
गाँउपालीकाले बजेट प्रस्तुत गर्ने तयारी भइरहदा नेकपाका कार्यकर्ताहरुले अबरोध खडा गर्न खोजेपनि बहुमत जनप्रतिनिधिहरुको उपस्थीतिमा गाँउपालीकाको बजेट प्रस्तत गरिएको थियो । 
यस अघि अस्ती गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालीकाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video