समाज
Jun 30, 2020
अर्घाखाँची पुग्यो सलह
काठमाण्डौं । असार १६ । अर्घाखाँची जिल्लामा सलह  देखिएको छ ।  चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ ।  सुवर्णखाल,  सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयवासीले धुवाँ लगाएर तथा थाल पिटेर भगाउने प्रयास गरेका छन् । 
भूमिकास्थान नगरपालिकाका धनचौर, ढिकुरा, ढाकावाङ र  नुवाकोट, सन्धिखर्क नगरपालिकाको किमडाँडालगायत तथा पाणिनी र मालारानी गाउँपालिकामा विभिन्न क्षेत्रमा पनि सलह आएर  मकै र तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video