सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 30, 2020
स्रोत नखुलेको रु ६५ लाख सहित दुई पक्राउ
काठमाण्डौं । असार १६ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई  काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो । 
 
पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video