केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
Jul 01, 2020
नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मतीलाई अनुरोध
विदुर, असार १७ ।  नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हिजो  बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्नेे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल(जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । नगर प्रमुख पण्डितका अनुसार जिल्लामा दुई सय शय्या क्षमताको आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने हुँदा हाल त्रिशूली अस्पतालमा १० शय्या थप गरी ३० शय्या बनाइने, शैक्षिक विकास तालीम केन्द्र विदुरमा २५ शय्याको आइसोलेसन वार्ड तयार गरिने तथा खरानीटार अस्पतालमा दुई शय्या थप गरी १० शय्या बनाइने निर्णय पनि भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video