केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 01, 2020
नेकपा बैठक जारी
काठमाडौँ, असार १८   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज पाचौं दिनको बैठकमा पनि सरकार हटाउन छिमेकी भारत र नेताहरु भित्रभित्र लागेको भन्ने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयमा छलफल भएको छ । आजको बैठकमा जननेता मदन भण्डारीको जयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफलमा सदस्यले भाग लिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सो विषयमा आज योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले आआफ्ना धारणा राख्नुभएको थियो । नेकपा स्थायी कमिटीको अर्काे बैठक असार १८ गते बिहीबार ११ बजे पुनः बस्ने छ । बैठक यही असार १० गतेदेशि शुरु भएको हो । बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video