केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 01, 2020
भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने
भक्तपुर,  असार १७ ।  महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन उहाँले आग्रह गर्नुभयो । जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताउनुभयो । उहाँले काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्ने औल्याउनुभयो । असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनामा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरुको लर्को लाग्ने गरेको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video