केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 01, 2020
दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ
काठमाडौँ, असार १७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनीयर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनीयर वीरेन्द्र चन्दले रु दुई लाख ४१ हजार १६ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो । आयोगले प्रमुख इञ्जिनीयर मल्लको आवासबाट उक्त रकम बरामद गरेको हो । उनीहरुसँग आयोगले अनुसन्धानका लागि सबइञ्जिनीयर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई समेत मङ्गलबार पक्राउ गरेको हो । अनुसन्धान कार्य जारी रहेकाले उनीहरुलाई आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video