केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 01, 2020
थप ४८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो
काठमाडौँ, असार १७ नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६५ पुरुष र ११७ महिला गरी कुल ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७७४ महिला र १२ हजार २७२ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका बालबालिका भारतबाट आफ्ना आमा र बुबासँग आएको उहाँले बताउनुभयो । यस्तै सङ्क्रमण देखिएका सुदुरपश्चिम प्रदेशमा १७५ बालबालिका ९ वर्ष मुनिका छन् । उहाँले बालबालिकालाई सङ्क्रमण देखिएकाले बाहिर नजान आग्रह गर्नुभयो । एकको मृत्युसँगै मृतक ३० पुगे कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते सङ्क्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video