केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
धर्म/संस्कृति
Jul 02, 2020
मिति २०७७ साल असार १८ गते विहिबार, जुलाई २ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल असार १८ गते विहिबार । तदनुसार जुलाई २ तारीख । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ ।    

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।  दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । बसाइमा केही स्थानान्तरण हुन सक्छ ।प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।  खर्चिलो कामका लागि सरसापट लिनुपर्ने हुन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्रोत–साधन जुट्नाले गरिएका तर रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा सोचेजस्तो अनुकूल नआउन सक्छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्।मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। आम्दानी भए पनि रकम सञ्चय नहोला । प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ।स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।
 रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। 
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।   दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला।  दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video