अर्थतन्त्र/सेयरबजार
Jul 04, 2020
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड
काठमाडौँ,  असार २० एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सो लघुवित्तले प्रतिशेयर रु १०० अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो । सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video