केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
पर्यटन /बिबिध समाचार
Jul 12, 2020
व्यायम व्यवसायीको संघ गठन
काठमाडौं, असार २८ गते । काठमाडौंका व्यायाम व्यवसायीको भेलाले व्यायाम व्यवसायी संघ, काठमाडौं गठन गरेको छ । काठमाडौंमा रहेका करिब २ सय ५० व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको बताइएको छ । सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष हुन् । सुवेदी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुन् ।
व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीले जनाएका छन् । सरकारले अनुमित दिए विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए ।
नवगठित संघको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उप–सचिवमा विजयत्त्तम रत्न वज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्रीकृष्ण अधिकारी रहेका छन् । सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video