केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
धर्म/संस्कृति
Jul 28, 2020
मिति २०७७ साल साउन १३ गते मंगलबार, जुलाई २८ तारीख हेरौं राशिफल
काठमाण्डौं । आज मिति २०७६ साल साउन १३ गते मंगलबार । तदनुसार जुलाई २८ तारीख । नेपाल संवत ११४० । 
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।  व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। 

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिगो काम सुरु गर्ने समय छ। आम्दानीका स्रोत बढ्नेछन्।  पुराना योजना बिस्तारै अघि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। व्यवसायमा थोरै फाइदा उठे पनि अर्थअभावले सताउनेछ। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोधपनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ । खर्चिलो काम गर्नुपर्ने समय छ। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ। 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजा कमजोर देखिनेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । मेहनतीहरूलाई कार्य्सिद्धिको समय छ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। काममा समय लागे पनि दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। 

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। राजनैतिक क्षेत्रमा सफलता पाइएला ।रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । आफ्नो भूमिबाट लाभ रहला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सामान्य धनलाभ हुनेछ ।बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।साझेदारी काममा उल्झन आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । परिस्थितिवश सानोतिनो कमजोरीले अल्झाउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीतर्फ पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। 

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। श्रमबाट मनग्गे धनलाभ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video