केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
अर्थतन्त्र/सेयरबजार
Jul 28, 2020
शेयर कर्जाको सीमा बढ्यो
काठमाडौँ, साउन  १३  ।  तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर छ ? यदि छ भने तपाईंले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने हुनुभएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ आज जारी गरेको एकीकृत निर्देशिका अनुसार शेयर प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने व्यवस्था गरेको हो । यस्तो व्यवस्था यसअघि ६५ प्रतिशत मात्रै थियो । चालू आवको मौद्रिक नीतिले उक्त सीमालाई पाँच प्रतिशतले बढाएर ७० प्रतिशत पु¥याएको हो । सो व्यवस्थाले सेयर बजार थप विस्तार हुने विश्वास लिइएको छ । एकीकृत निर्देशिका अनुसार कूल १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋणलाई १२० दिनको अन्तिम मूल्यका आधारमा दिने व्यवस्था गरिएको छ । यस्तै, सेयर कर्जा प्रतिग्राहक बढीमा रु ५० लाखसम्म मात्र दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जाको सीमा पनि रु ५० लाख बराबर तोकिदिएको छ । यदि कुनै ऋणीले रु ५० लाखभन्दा बढी दिएको भए २०७९ असार मसान्तभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video