केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
Jul 29, 2020
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवा सुरु
काठमाडौँ, साउन १४ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बन्दाबन्दीको समयमा बन्द रहेको स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले आज एक विज्ञप्ति जारी कोभिड–१९ का कारण रोकिएको विस्तारित स्वास्थ्य सेवा र साधारण स्वास्थ्य सेवा शुरु गरेको जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा रोहितकुमार पोखरेलले कोभिड–१९ का कारण चैत ६ देखि बन्द गरिएको उक्त स्वास्थ्य सेवा आजदेखि शुरु गरिएको जानकारी दिनुभयो । उक्त सेवा शुरु गरेसँगै अब बिरामीले सहज रुपमा स्वास्थ्यसेवा लिन पाउने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा इमर्जेन्सी सेवा भने प्रदान गर्दै आइरहेको थियो । यसअघि त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा अस्पताल आउने कर्मचारी तथा डाक्टरलाई अनिवार्य पोशाक र माक्स लगाएर आउन सूचना जारी गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video