केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
अर्थतन्त्र/सेयरबजार
Jul 30, 2020
होटल सञ्चालनको तयारीमा पोखराका व्यवसायी
गण्डकी, साउन १५ साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र खुल्ने सरकारको निर्णयसँगै चार महिनायता बन्द भएका पोखराका होटेल आजदेखि खुलेका छन् । होटल खुले पनि आन्तरिक तथा बाह्य उडान नखुलेका अवस्थामा पर्यटकको आवागमनका लागि भने समय कुर्नुपर्ने देखिएको व्यवसायी बताउँछन् । लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलगायत कामलाई व्यवसायीले अघि बढाएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । अघिपछि पनि वर्षातको समयमा पोखरामा पर्यटकको खासै चहलपहल नहुने गरेको बताउँदै उहाँले असोज लागेपछि मात्रै आवागमन बढ्ने बताउनुभयो । यसबीचमा होटेल सञ्चालकले कर्मचारीका लागि होटेल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उहाँले उल्लेख गर्नुभयो । सरकारले साउन १५ देखि पर्यटन क्षेत्र खुल्ने भने पनि अधिकांश होटेलमा कार्यरत कर्मचारी घरमा गएको र उनीहरू फर्किनसकेकाले पूर्णमा सञ्चालनमा आउन समय लाग्ने होटेल एशिया लेकसाइडका सञ्चालक धर्म पन्थीले बताउनुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको अवस्थापछि मात्रै पर्यटकीय चहलपहल हुने भएकाले व्यवसायीहरू त्यसको प्रतिक्षामा रहेको उहाँले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video