सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 30, 2020
निर्मला काण्डमा निलम्बनमा परेका नुवाकोटका डिएसपी अंगुर जिसी सहित ८ प्रहरीले पाए सफाई
रबिन थपलिया । काठमाण्डौं । साउन १५ । दुई बर्ष अघि बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा आरोपीलाई बचाउन प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका नुवाकोटका डिएसपी अंगुर जिसी सहित ८ प्रहरीले सफाई पाएका छन् । 
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले आज आरोपी ८ प्रहरीलाई सफाई दिएको हो । सफाई पाउनेहरुमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, सिआईबीबाट खटिएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध दुई वटा मुद्धा दर्ता भएको थियो । 
अपराध अनुसन्धानमा नेपाल प्रहरी भित्र काबील अधिकृतको रुपमा परिचित नुवाकोट कबिलासका डिएसपी जिसीलाई घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले कञ्चनपुर खटाएको थियो । घटना घटेको ४ दिन पछि २०७५ साउन १३ गते साँझ अनुसन्धान थालेका जिसी कञ्चननपुर पुगेका थिए भने १४ गते उनले अनुसन्धान थालेका थिए । जिसी पुग्दामा मृतक बालीकाको शव समेत जलाई सकिएको अवस्था रहेको थियो । फोटोको आधारमा अनुसन्धान गरेका जिसीले निर्मला पन्तको बलत्कार पछिको हत्यामा दिलिपसिंह बिष्टको हात रहेको ठहर गरेको थियो । कञ्चनपुरमा मानव अधिकारबादी र महिला अधिकारकर्मीहरुले आन्दोलन चर्काएपछि घटनाले नयाँ मोड लिएको थियो ।  
आन्दोलनलाई बिभिन्न रंग दिएर चर्काइंदै गएपछि ०७५ चैत २२ गते निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेर आरोपीलाई जोगाउन खोजेको भन्दै डिएसपी जिसी सहित ८ जना प्रहरीहरु बिरुद्ध पहिलो उजुरी दिएकी थिइन भने दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएका थिए । 
अदालतको फैसला पछि डिएसपी अंगुर जीसीले अदालतको फैसलाले न्याय मरेको रहेनछ भन्ने पुष्टि भएको बताँउदै भने ’हामीमाथि गलत मुद्दा लगाइएको थियो भन्ने अदालतको फैसलाले अब प्रमाणित भएको छ,’।
मेरो अनुसन्धान गतल थिएन र छैन। घटनाको दोषी दिलिपबाहेक अरु हुनै सक्दैन,’ डीएसपी जिसीले भने ’मेरो यो दुईवर्षको क्षतिपूर्ति त कसैले भर्न सक्दैन। मैले न्याय पाएँ। अब निर्मलाले पनि न्याय पाउनुपर्छ,’ 
निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।


 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video