केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
Jul 31, 2020
बहिरङ सेवा बन्द
विराटनगर, साउन  १६
कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि
हिजो  देखि बहिरङ (ओपिडी) सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो । यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो । अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी गराउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video