केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 31, 2020
उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण
काठमाडौँ साउन  १६ ।  काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको राससलाई जानकारी दिनुभयो । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video