केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Aug 01, 2020
अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ
काठमाडौँ, साउन १७  प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video