केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
शिक्षा /स्वास्थ्य
Aug 01, 2020
‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’
काठमाडौँ, साउन १७ रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो । क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।” रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो । ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ । एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video