मनाेरञ्जन/रोचक
Aug 16, 2017
मंसीरको अन्तिम हप्ता कसुर आउने
काठमाडौं । साउन ३२ । युवा निर्देश दिनेश पौडेलद्वारा निर्देशित नेपाली कथानक चलचित्र कसुरको छायाँकन तयारी पुरा भएको छ । साउन महिनामै छायाँकनको थालनी गर्ने भनिए पनि मौसमका कारण भाद्रको पहिलो हप्तादेखि छायाँकनको शुरु गर्न लागिएको निर्देशक पौडेलले बताउनु भयो । चलचित्र कसुरको काठमाडौंका अलावा इलाम, झापा, धरान, धनकुटा लगायतका रमणीय स्थानमा छायाँकन गरिने भएको छ । भानु न्यौपाने निर्माता रहेको यस चलचित्रको प्रस्तुतकर्ता कुमार श्रेष्ठ रहेका छन् । चलचित्र कसुरमा जीवन गौतम मुख्य सहायक निर्देशक र कृष्ण श्रेष्ठ सह निर्माता रहेका छन् । जावेद साह र पर्शुराम थापाले छायाँकन गर्ने यो चलचित्रमा ओम सुनुवारको गीत संगीत रहेको छ । चलचित्र कसुरमा किसोर खतिवडा, करुणा धमला, आस्मा गच्छेदार, राजेन्दं्र बस्नेत, गोविन्द श्रेष्ठ लगायतका कलाकारले मुख्य भुमिकामा अभिनय गर्दैछन् । यसैगरी यस चलचित्रका प्रस्तुतकर्ता कुमार श्रेष्ठले नै कथा, पटकथा तथा सम्वाद लेखेका हुन् । चलचित्र कसुर आगामि मंसीर २९ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनको तयारी भएको निर्देशक दिनेश पौडेलले बताउनु भयो । 



 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video