अपांगता/अल्पसंख्यक
Aug 18, 2017
अपांगता भएका व्यक्तिहरुका लागि सहयोग परियोजना बारे अनुदान समारोह सम्पन्न
शर्मिला विश्वकर्मा,  काठमाण्डौ 
राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा कोरियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्डको सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुको सहयोग परियोजना बारे अनुदान समारोह कार्यक्रम काठमाण्डौमा समपन्न भयो । सो कार्यक्रमका प्रमुख अतिथि एवं कोरियाका राजदुत पार्क योङ्सिकले नेपालमा रहेका विभिन्न प्रकारका अपाङ्गताको क्षेत्रमा काम गर्नको लागि सहयोग गर्न पाउदा ज्यादै खशी लागेको बताउदै नेपालमा भर्खरै व्यवस्थापिका संसदबाट अपाङ्गता भएका व्यक्तिहरुको ऐन पास भएकोमा सबै नेपाली अपाङ्गता भएका व्यक्तिहरुलाई बधाई दिदै यसको कार्यन्वयनका लागि सबै निकायहरु तथा सरकारी निकायले पहल गर्नु पर्ने बताउनु भयो । यसै क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कोरियाको तर्फबाट नेपाली अपाङ्गताहरुको लागि काम गर्न अनुदान सहयोग गर्नु भएकोमा धन्यवाद दिदै ललितपुर जिल्लामा अब बन्ने सबै भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउनको लागि पहल गर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी महिला बालबालिका तथा समाज कल्या मन्त्रालयका उपसचिव केशब भट्टराईले ङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्ड र कोरियाका राजदुत पार्क योङ्सिकलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि अन्य अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि सहयोग गर्न अनुरोध गर्नु भयो । सोही क्रममा उहाँले भर्खरै मात्र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐने २०७४ पास भएको र यसलाई नियमावली बनाउने प्रक्रियामा रहेको बताउदै विभिन्न सरकारी निकायहरुमा बहिरा व्यक्तिहरुको सञ्चारको लागि दोभाषेको व्यवस्था गर्ने कुरामा जोड दिनु भयो । 
त्यसै गरी नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले कोरियाको संस्थाले नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोग परियोजना अनुदान प्रदान गर्नु भएकोमा विशेष धन्यवाद दिदै यो सहयोगको सदुपयोग गर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले कोरियाले नेपालमा भएका अपाङ्गताको क्षेत्रमा काम गर्ने केही संघ संस्थाहरुलाई गरेको सहयोग प्रति हार्दिक धन्वाद दिदै यो अनुदान सहयोगले अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै यसको सक्दो उपयोग गर्ने कुरामा जोड दिनु भयो भने राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघकी अध्यक्ष लक्ष्मी महर्जनर देवकोटाले कोरियाले गरेको यो अनुदान सहयोगको लागि कोरियाका राजदुत पार्क योङ्सिक र कोरियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्डलाई विशेष धन्यवाद दिदै यो अनुदान सहयोगलाई दोभाषे उत्पादनमा उपयोग गर्ने बताउनु भयो । त्यसै गरी विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले कोरियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्डले जुराई दिएको सहयोग पहिलो रहेको र यो अनुदान सहयोगलाई अटिजम अपाङ्गता भएका बालबालिकाहरुको लागि उपयोग गर्ने र आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा गर्दै कोरियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्ड र कोरियाका राजदुत पार्क योङ्सिकलाई विशेष धन्यवाद दिनु भयो । सो कार्यक्रममा कोरियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था सिलोङ्ग सेन्टर फर ब्लाइण्डका महासचिव चवेटी डङले यो सहयोग परियोजना बारे दिएको अनुदानको सही सदुपयोग गर्नको लागि अनुरोध गर्नु भयो । 
उक्त अपाङ्गता भएका व्यक्तिहरुको सहयोग परियोजन बारे अनुदान समारोहमा नेपाल नेत्रहिन संघ, राष्ट्रिय दृष्टिविहन कल्याण संघ, राष्ट्रिय शारीरिक अपाङ्ग संघ, राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई अनुदान कार्य वितरण गरिएको थियो भने लेब्रोटरी उच्च माध्यमिक विद्यालयका ५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई रु १६ हजारका दरले छात्रवृत्ति पनि प्रदान गरिएको थियो । अपाङ्गता भएका व्याक्तिहरुको सहयोग परियोजना बारे अनुदान समारोह कार्यक्रमको सञ्चालन राष्ट्रिय शारीरिक अपाङ्ग संघकी कार्यक्रम संयोजक रमा ढकालले गर्नु भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video