पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
अपांगता/अल्पसंख्यक
Aug 18, 2017
नेपाल पत्रकार महासंघले जिवनबृत्तिका लागि अपांगता भएका पत्रकारलाई मासिक दुई हजार दिने निर्णय
काठमाडौं । भदौं २ । नेपाल पत्रकार महासंघले अपांगता भएका पत्रकारलाई जिवनबृत्तिका लागि मासिक दुई हजार दिने निर्णय गरेको छ । महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेष्ठ पत्रकार जस्तै अपांगता भएका पत्रकारको जिवनबृत्तिका लागि बार्षिक २४ हजार दिने निर्णय गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार अपांगता भएका पत्रकारहरुलाई निश्चीत मापदण्ड बनाएर उक्त जिवनबृत्ति दिइने छ । बिष्ट नेतृत्वको महासंघको कार्यसमितिले कार्यकालको अन्तीम क्षणमा आएर अपांगता भएका पत्रकारलाई जिबन बृत्तिको व्यवस्था गरेको हो । राष्ट्रिय अपांग पत्रकार संघले नेपाल पत्रकार महासंघलाई पटक पटक यस बिषयमा ध्यानआर्कषण गराँउदै आइरहेको थियो । संघले २०६२ साल असार १७ गते अपांगता भएका पत्रकारलाई जिवनबृत्ति र औषधोपचार सहित बिभिन्न ७ बिषयमा महासंघलाई ध्यान आर्कषण गराँउदै ज्ञापनपत्र दिएको थियो । नेपाल पत्रकार महासंघले अपांगता भएका पत्रकारलाई जिबनबृत्तिको व्यवस्था गरेकोमा धन्यवात दिंदै अपांगता भएका पत्रकारलाई औषधोपचार सहित अन्य सात मागहरुका बिषयमा निर्णय गर्न माग गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video